आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्थिर राजनीतिका कारण विदेशी चलखेल र प्रभाव बढ्नु दुर्भाग्यपूर्ण: कमल थापा

सोमबार, २३ माघ २०७९, १६ : १८
सोमबार, २३ माघ २०७९

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन् । स्थिरता, समृद्धि र परिवर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनौट गरेका राजनीतिक दलहरूले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलुक थप सड्ढटग्रस्त बनेको भन्दै थापाले सत्ताको फोहरी खेलमा लिप्प भई दलहरूबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको समेत बताए । 

आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको उनको जिकिर थियो । काम गरेर बाच्न सकिने अवस्था नभएको , दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै थापाले समस्याको समाधान गर्न भन्दा थप ब्रम्हलुट गर्न राज्यसत्ता अग्रसर भएबाट मुलुक सङ्कटको दलदलमा भासिएको बताए ।  

स्पष्ट बिचार र अलग पहिचान सहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयलाई जोडदार ढङ्गबाट उठाउन राप्रपा नेपाल चाडै नै सडकमा आउने समेत उनले जानकारी दिए ।  

पार्टीको उपत्यका केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन उनले नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । सो अवसरमा पार्टीका महामन्त्री द्वय राजाराम बर्तौला, केशवराज श्रेष्ठ काठमाडौँ अध्यक्ष श्याम घिमिरे, महानगर अध्यक्ष दिनेश नापित लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप