आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ करोड ७२ लाख इकाई बढी सानिमा ग्रोथ फण्ड नेप्सेमा सूचीकृत

मङ्गलबार, २४ माघ २०७९, १४ : ०९
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको सानिमा ग्रोथ फण्ड (एसएजीएफ) नेप्सेमा सूचीकृत भएको छ ।  प्रतिइकाई १० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई फण्ड नेप्सेमा सूचीकृत गर्नेगरी मंगलबार सानिमा क्यापिटल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच सम्झौता भएको हो । 

योसँगै भोलि बुधबारदेखि क्यापिटलको ग्रोथ फण्ड दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कम्पनीले केही समयअघि क्रम संख्या १ देखि ६ करोड ७२ लाख ५३ हजार २६० सम्मको कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई फण्ड खरिदका लागि सर्वसाधारणमा आह्वान गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप