आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन प्रणालीबारे प्रधानमन्त्री कार्यालयमा छलफल

बिहीबार, २६ माघ २०७९, १२ : ५९
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । निर्वाचन आयोग र विभिन्न राजनीतिक पार्टीका नेताहरुबीच निर्वाचन प्रणालीबारे छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बिहीबार निर्वाचन प्रणालीबारे छलफल भएको हो । यसअघि नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचन प्रणालीबारे अध्ययन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको थियो ।

सोही आयोगको प्रतिवेदनमा सरकार, आयोग र दलका प्रतिनिधिबीच छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  नेपालमा हालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ ।

‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’  नाम दिइएको सो कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्तलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप