आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकारबारे देउवा र नेपालबीच छलफल

शुक्रबार, २७ माघ २०७९, १५ : ४४
शुक्रबार, २७ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान देउवाको निवास धुम्बाराहीमा सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा उनीहरुबीच छलफल भएको हो ।

नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । शुक्रबार उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ । देउवा र नेपालको छलफलपछि मुख्यमन्त्री शाहसँगै कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री बनाउने तयारी छ ।

कांग्रेसबाट सांसद प्रकाश देउवा र एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बन्ने भएका छन् । माओवादी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने उद्देश्यले आज दुई जना मात्र मन्त्री नियुक्त गरिने कांग्रेसका एक सांसदले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप