आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिलानको जीतविहीन यात्रामा पूर्णविराम

शनिबार, २८ माघ २०७९, ०९ : २८
शनिबार, २८ माघ २०७९

मिलान । एसी मिलानको ७ खेलको जीतविहीन यात्रा अन्त्य भएको छ । इटालियन सिरिए ए अन्तरगतको खेलमा मिलानलेघरेलु मैदानमाटोरिनोलनाई हराएको हो । 

मिलानको जीतमा ओलिभिए जिरुको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६२ औँ मिनेटमा जिरुले थियो हर्नान्डेडको पासमा गोल गरेका थिए । पहिलो हाफमा पाहुना टोलीले पनि गोलका अवसरहरू पाएको थियो । तर, एन्टोनियो सानाब्रियाको प्रहार खेर गरेको थियो ।

मिलानले ४ जनवरीपछि कुनै पनि खेल जित्न सकेको थिएन । यो खेलअघि टोली लगातार चार खेलमा पराजित भएको थियो । 

२२ खेलपछि ४१ अङ्क बटुल्दै मिलान लिगको तेस्रो स्थानमा रहेको छ । अब टोलीले मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ मा टोटनहम हटस्पर्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप