आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

सातामा प्रतितोला २५ सयले घट्यो सुनको मूल्य

शनिबार, २८ माघ २०७९, २२ : ३२
शनिबार, २८ माघ २०७९

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा २ हजार ५०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ कायम थियो । जुन, २ हजार ५०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन नै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यस्तै, सोमबार तोलामा ५०० ले बढेको सुन मंगलबार स्थिर कायम भएको थियो । जुन, बुधबार पुनः ३०० ले बढेको सुनको मूल्य विहीबार १०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार एकै दिन तोलामा १३ सय ले घटेको हो ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबार तोलामा १२ सय ९० रुपैयाँ कायम भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप