आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रले बैंकको ऋण बिना पीपीपी मोडलमा काम गर्नुपर्छ : राजेन्द्र मल्ल

शनिबार, २८ माघ २०७९, १२ : १३
शनिबार, २८ माघ २०७९

काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी दिनमा निजी क्षेत्रले बैंकको ऋण बिनै ठुला काम गर्नुपर्ने अवस्था आएको बताएका छन् । बैंकसँग ऋण लिँदा अहिलेको समस्या निम्तिएको स्मरण गर्दै अध्यक्ष मल्लले आगामी दिनमा निजी क्षेत्रले ऋण बिनै काम गर्ने योजना बनाउनुपर्ने बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै ऋण तिर्ने समयमा केही खुकुलो बनाइदिएको छ । यसले ऋणीलाई केही सहज हुने भए पनि हालसम्म लिएको ऋणको सावा र ब्याज चुक्ता गरेपछि आगामी दिनमा बैंकसँगको ऋण कारोबार घटाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

उनले भने, ‘निजी क्षेत्रले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा काम गर्नुपर्छ ।’ नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औँ वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । भावी दिनमा ऋणका लागि बैंकसम्म धाउन पर्ने व्यवस्था नै हटाउनुपर्ने मल्लको भनाइ छ ।

पश्चिमाहरूले समेत पीपीपी मोडललाई अपनाएको हुँदा नेपालमा समेत सोही प्रकारको संस्कार भित्र्याउनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप