आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनता र राष्ट्रलाई लुट्ने काम भइरहेको छ : पूर्व प्रधानमन्त्री खनाल

शनिबार, २८ माघ २०७९, १५ : ०१
शनिबार, २८ माघ २०७९

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए । उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए । उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरुको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए ।

उनले भने, ‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन् । विदेशीहरुका दलालहरु छन् । यी हाम्रा शत्रुहरु हुन् । यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन् । यो उनीहरुको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा हामी सांस्कृतिककर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ । हाम्रा सहयोगी मित्रहरु पनि छन् । यी साथीहरुसँग आलोचना र समर्थनको दृष्टिकोणले हेर्नुपर्छ । नराम्रालाई मैत्रीपूर्ण आलोचना र राम्रालाई समर्थन गर्नुपर्छ । हामीले समाजवादी संस्कृतिको निर्माण गर्ने सिलसिलामा नयाँ कविता रच्नुपर्छ । नयाँ कथाहरु बनाउनुपर्छ । नयाँ उपन्यास, महाकाव्य लेख्नुपर्छ र सांस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप