सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बन्द अस्पताल खोल्न माग गर्दै बिरामीको प्रदर्शन (तस्बिरहरू)
आन्दोलन

बन्द अस्पताल खोल्न माग गर्दै बिरामीको प्रदर्शन (तस्बिरहरू)

आइतबार, २९ माघ २०७९

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण अस्पतालमा बन्द भएपछि  बिरामीहरू मर्कामा परेका छन् ।  

ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् । 

वीर अस्पताल अगाडि जम्मा भएका बिरामीले सडकमा नाराबाजी गरिरहेका छन् । तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारीबीच वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया