मङ्गलसूत्र र सिन्दूर नलगाएको भन्दै ट्रोलरको निशानामा आथिया शेट्टी
आथिया शेट्टीलाई विवाह पछि सिन्दूर र मङ्गलसूत्र नलगाएको भन्दै धेरैले ट्रोल गरेका छन् । आथियालाई पछिल्लो पटक निलो सर्ट र निलो जिन्स (क्याजुयल लुक) मा देखिएपछि उनी ट्रोलर्सको निशानमा परेकी हुन् ।
उनको फोटो र भिडियोमा धेरैले विभिन्न खालका कमेन्ट गरेका छन् । एक जनाले उनको भिडियोमा कमेन्ट गर्दै लेखे, ‘त्यसैले मलाई यी मानिसहरूप्रति घृणा छ । विवाह पछि पनि उनीहरू सिन्दूर, टिका र चुरा लगाउँदैनन् ।’
यस्तै, एक ट्रोलरले लेखेका छन्, ‘सबैको हाल यस्तै छ, एक दिनको सिन्दूर लाग्छ, अनि पुग्यो ।’
आथियालाई देखेर एक जनाले लेखे, ‘कसैले भन्दैन उनको विवाह भएको छ । मङ्गलसूत्र त लगाइनन्, लगाइनन् कम्तीमा श्रीमानको नाममा सिन्दूर त लगाएको भए हुन्थ्यो नि ।’
२३ जनवरीमा भएको थियो विवाह
आथिया शेट्टी र क्रिकेटर केएल राहुल २३ जनवरीमा विवाह बन्धनमा बाँधिएका थिए । यी दुईको विवाह सुनिल शेट्टीको खण्डालास्थित फार्म हाउसमा भयो । विवाहमा केही सीमित पाहुनाको उपस्थिति थियो । विवाहलाई पूर्ण रूपमा गोप्य राखिएको थियो । आथिया र राहुल चार वर्षको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका हुन् ।