आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

१५ सय मेगावाटको विद्युत् खरिद बिक्री सम्झौता खुला गर्ने निर्णयको इप्पानद्वारा स्वागत

आइतबार, २९ माघ २०७९, १५ : ११
आइतबार, २९ माघ २०७९

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणले १५ सय  मेगावाटसम्मको नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णयको स्वागत गरेको छ । 

प्राधिकरणको २६ गते बसेको सञ्चालक समितिको बैठकले १५ सय मेगावाटसम्मको नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको थियो । 

इप्पानले पीपीए खुला गर्ने कार्यमा विलम्ब भएको भए थप अन्योल हुने बताएका छ । जसले गर्दा ऊर्जालाई मुलुकको आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने सरकारको लक्ष्यमा गम्भीर बाधा उत्पन्न हुने जनाएको छ । 

इप्पानका अनुसार नेपाल विद्युत् प्राधिकरणमा २४० वटा परियोजनाहरूले ११७१६ मेगावाट बराबरको पीपीएका लागि आवेदन दिएका छन् । विगत चार वर्षदेखि आरओआर आयोजनाहरूको पीपीए ठप्प हुँदा नेपालमा ऊर्जा क्षेत्रमा लगानीको वातावरण छैन भन्ने देश, विदेशमा सन्देश हुन थालेको जनाएको छ  ।  

अहिले नेपालको कुल जडित क्षमता करिब २४३० मेगावाट रहेकोमा निजी क्षेत्रको योगदान १७०० मेगावाटभन्दा बढी रहेको एवम् ऊर्जा क्षेत्रमा निजी क्षेत्रको करिब १२ खर्ब लगानी रहेको इप्पानको भनाइ छ । 

गत वर्षायाममा करिब दुई दर्जन निजी क्षेत्रका आयोजनाहरूको विद्युत् प्राधिकरणले विद्युत् खरिद नगरेको इप्पानले जनाएको छ । इप्पानका अनुसार जसबाट करिब २ अर्ब रुपैयाँ बराबरको विद्युत् खेर गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप