आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

इप्पानले भन्यो–प्राधिकरणले विद्युत् खरिद नगर्दा २ अर्ब रुपैयाँको आर्थिक नोक्सानी भयो

आइतबार, २९ माघ २०७९, १५ : ५२
आइतबार, २९ माघ २०७९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद नगर्दा २ अर्ब बराबरको विद्युत् खेर गएको बताएको छ  । 

इप्पानले आइतबार विद्युत् प्राधिकरणले गत वर्षायाममा करिब दुई दर्जन निजी क्षेत्रका आयोजनाहरूको  विद्युत् खरिद नगरेको  जनाएको हो । 

इप्पानका अनुसार त्यो समयमा करिब २२ सय मेगावाट मात्र प्रणालीमा जोडिएको थियो । चालु आर्थिक वर्षमा करिब ८ सय मेगावाट प्रणालीमा थपिएर करिब ३ हजार मेगावाट पुगेको इप्पानको भनाइ छ ।

प्राधिकरणका कारणले आगामी वर्षायाममा विद्युत् खेर जाने समस्या देखिएको इप्पानले जनाएको छ  । इप्पानले यसलाई रोक्न सरकारले नयाँ ऐन जारी गरेर विद्युत् व्यापारको लागि निजी क्षेत्रलाई  अनुमति दिन सरकारसँग माग गरेको छ । 

इप्पानले स्वतन्त्र ऊर्जा उत्पादकहरुले नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी स्थापना गरेर विद्युत् व्यापारको लागि तयारी अवस्थामा रहेको बताएको छ । उसले ऊर्जा बजार बिस्तारका लागि  सरकार  आक्रामक हुनुपर्ने बताएको छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप