आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजेन्द्र पाण्डेको प्रश्न : अर्थतन्त्र सुधार्ने र नीति तथा कार्यक्रम पुरा गर्नेमा तादाम्यता कसरी होला ?

आइतबार, २९ माघ २०७९, १६ : २९
आइतबार, २९ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बजेट कटौती र सरकारको न्युतनम साझा कार्यक्रम बीचको तादाम्यता कसरी मिलाउनुहुन्छ भनेर अर्थमन्त्री विष्णु पौडेललाई प्रश्न गरेका छन् ।  आइतबार संसदमा अर्थमन्त्री पौडेलले बजेटको अर्धवार्षिक प्रतिवेदनबारे प्रश्न गर्दै यस्तो प्रश्न गरेका हुन् ।

‘तपाई अनुभवी अर्थमन्त्री हुनुहुन्छ । तपाई पटकपटक अर्थमन्त्री भैसक्नुभयो । तपाई अर्थमन्त्री हुँदा नै थाहा थियो कि नेपालको अर्थतन्त्र कमजोर हुँदैछ । ओरालो लाग्दैछ, यसलाई मैले सम्हाल्नुपर्छ’, पाण्डेले भने, ‘अव आज तपाईले सुधारका योजना भन्नुभयो तर मैले सुधारका योजना खासै देखिनँ ।’

उनले आर्थिक अवस्था अप्ठेरो अवस्थामा रहेको भन्दै पुँजीगत खर्च नबढेको र साधारण खर्च बढेको बताए ।  ‘तपाई आफै बसेर फेरि न्युनतम साझा कार्यक्रम पनि घोषणा गर्नुभएको छ । त्यसले अर्बौ रुपैयाँ माग पनि गर्दोहोला । यसले अर्थतन्त्रमा सुधार ल्याउने कुरा र नीति तथा कार्यक्रम पुरा गर्ने कुरामा कसरी तादाम्यता होला ?’, पाण्डेको प्रश्न छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप