आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय निजामती कर्मचारी ऐनबारे मन्त्री मोदीले गरे पूर्वमन्त्रीहरुसँग छलफल

आइतबार, २९ माघ २०७९, २२ : १४
आइतबार, २९ माघ २०७९

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती कर्मचारी ऐनलाई अन्तिम रुप दिन काम तिव्र बनाएका छन् । 

केही दिन यता संघीय निजामती ऐनबारे विज्ञहरुसँग छलफल गरिरहेका मन्त्री मोदीले आइतबार पूर्वमन्त्रीहरुसँग परामर्श गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  सम्हालिसकेका पूर्व मन्त्रीहरू हृ्दयश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, लालबाबु पण्डित, टेकबहादुर बस्नेत र गणेश ठगुन्नासँग छलफल गरेका हुन् ।

मन्त्रालयका सचिव कृष्णहरी पुष्करसहित सहभागी छलफलमा संघीय निजामती ऐनलाई समय सापेक्ष रुपमा परिष्कृत गर्दै सकेसम्म छिटो संसदमा लैजाने विषयमा छलफल भएको मन्त्री मोदीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतले ऐनबारे चासो व्यक्त गरेपछि मन्त्री मोदीले विभिन्न पक्षसँग छलफल गरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेका छन् । जारी संसद्को अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेश गर्ने मन्त्रालयको तयारी छ ।

नेपाल सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरिरहेका विकास साझेदार निकायहरुले पनि ऐनबारे चासो व्यक्त गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप