आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

पूर्वराजपरिवारका सदस्यलाई साक्षी राखेर एमाले नेता दुर्गा प्रसाईँले थाले ‘महाअभियान’

सोमबार, ०१ फागुन २०७९, २१ : ००
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ गरेका छन् । सोमबार झापामा आयोजित एक समारोहका बीच प्रसाईँले अभियानको शुभारम्भ गरेका हुन् । 

अभियानका लागि भन्दै उनले प्रधानमन्त्री प्रचण्डसहित, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेका थिए । यस्तै पूर्वराजपरिवारका सदस्यहरुलाई पनि उनले निमन्त्रण दिएका थिए । 

सो कार्यक्रममा दलका शीर्ष नेताहरूको उपस्थिति नदेखिएपनि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस  शाह, पूर्वअधिराजकुमारी पे्ररणा शाहसहितका राजपरिवारका सदस्यहरूको सहभागिता रहेको छ । 

प्रसाईँले आफूले सुरु गरेको महाअभियान पार्टी भन्दा माथि देशको रक्षाका लागि भएको दाबी गरेका छन् ।  सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईँले देशको माटोलाई छातीमा राखेर अभियान सुरु गरिएको भन्दै यो कुनै पार्टी र व्यक्ति विरुद्धको महाअभियान नभएको बताए ।  उनले देशको रक्षा गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको दाबी गरेका छन् । 

331074312_707215620941907_3522464859466405169_n

प्रसाईँले आफ्नो अभियानको बारेमा केही पार्टीले नजानु भनेर भनेको सुनेको उल्लेख गर्दै त्यस्तो सोचाइ गलत भएको समेत दाबी गरे । 

प्रसाईँको अभियानको शुभारम्भअघि मेची पुलबाट शान्ति पुलसम्म पदयात्रा गरिएको थियो । पदयात्रापछि मेची नगरपालिकाको नयाँ बसपार्कमा भव्य कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएको थियो । 

सो क्रममा पूर्वराजा शाहले दीप प्रज्ज्वलनसहित महाभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराजा शाहले शान्तिको प्रतीक सेतो परेवाको जोडी समेत उडाएका थिए ।

स्मरण रहोस्, नेकपा एमालेका केन्द्रीय सदस्य रहेका प्रसाईँ पछिल्लो समयमा पार्टीको नीति भन्दा फरक एजेन्डा बोकेर गतिविधि गर्दै आएका छन् । तर, यसबारेमा पार्टी नेतृत्व मौन रहँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप