आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

सोमबार, ०१ फागुन २०७९, १८ : ४९
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् । 

सभापति देउवालाई भेट्न सोमबार अपराह्न विदेश सचिव क्वात्रा  देउवा निवास पुगेका हुन् । 

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए । 

क्वात्राले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन् । 

यसअघि उनले परराष्ट्र मन्त्री विमला पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप