आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपलाई पहिलो ओभरमा नै विकेट

मङ्गलबार, ०२ फागुन २०७९, ०९ : ५६
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाविरुद्धको पहिलो खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका छन् । लामिछानेले कार्ल बिर्केनस्टकलाई आफ्नो शिकार बनाएका हुन् ।

खेलको ११ औँ ओभरमा बलिङ गर्न आएका लामिछानेले १३ रन बनाएका कार्ललाई बोल्ड गरेका छन् । योसँगै ४५ रनको स्थितिमा नामिबियाले २ विकेट गुमाएको छ । यसअघि सोमपाल कामीले ओपनर लो–हान्ड्रे लौरेन्सलाई आउट गरेका थिए ।

नाबालिगमाथिको बलात्कार मुद्दा छिनोफानो नभई लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघको आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप