सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सार्वजनिक यातायात नचल्दा यात्रुको बिचल्ली (तस्बिरहरू)

सार्वजनिक यातायात नचल्दा यात्रुको बिचल्ली (तस्बिरहरू)

मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । यातायात मजदुरको आन्दोलनको कारण सार्वजनिक यातायात ठप्प हुँदा काठमाडौँ उपत्यकामा यात्रुहरूको बिचल्ली भएको छ । बसपार्क र स्टेसनहरूमा बस कुरेर बस्ने यात्रुहरूको भीड देख्न सकिन्छ । 

यातायात सुचारु गर्ने विषयमा सरकार र  यातायात मजदुर नेताहरुबीच वार्ता जारी रहे पनि निकास निस्किन सकेको छैन । 

हिजो बालाजु क्षेत्रमा भएको आगजनी र तोडफोडको घटनापछि तीन वटा मजदुर सङ्गठनले आज सवारी साधन नचलाउने भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया