नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र २५ रन बनाएर आउट
मङ्गलबार, ०२ फागुन २०७९, १४ : ००
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा २८६ रनको लक्ष्य पछ्याएको नेपालका ज्ञानेन्द्र मल्ल २५ रन बनाउँदै एलबीडब्लू आउट भएका हुन् ।
यसअघि नेपालका आसिफ शेख शून्य रन बनाएर आउट भएका थिए । नामिबियाले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो । आजको खेलमा जित निकाल्दे नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता नामिबिया पनि सोही योजनामा छ ।