आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच भेटघाट

मङ्गलबार, ०२ फागुन २०७९, १४ : २२
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्। दुईजनाको विषयमा ऊर्जा सहकार्यको विषयमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ । 

नेपालले अहिले ४५२.६ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिरहेको छ । विदेश सचिव क्वात्राले नेपालले यसरी विद्युत् निर्यात गरेकोमा खुसी व्यक्त गर्दै यसले भारतलाई बिजुली प्रदान गरेकोमा धन्यवाद दिएका छन् । नेपालले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि अनुरोध गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप