आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अवधि नपुगी जन्मेका शिशुका लागि अति आवश्यक मायाको अँगालो

मङ्गलबार, ०२ फागुन २०७९, १४ : ४०
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । अवधि नपुगी जन्मेका शिशुलाई मायाको अँगालोमा राखी विभिन्न किमिमका स्वास्थ्य समस्या तथा मृत्युबाटसमेत बचाउन सकिने बताइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्नाले शिशुलाई न्यानो हुन्छ । त्यसरी राख्दा आत्मीयता बढाउने, दूध बढी आउने, शिशुको वृद्धि र विकासमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

नवशिशु अवधि नपुगी जन्मिनुको धेरै कारण हुन सक्छन् । अवधि नपुगेर कम तौलको शिशु जन्मिनुमा आमाको उचाइ कम, उमेर कम हुनु, पौष्टिक आहारको कमीलगायतका कारण हुन् ।

 यसरी अवधि नपुगी जन्मिएका नवशिशु भविष्यमा पढाई लेखाइमा कमजोर हुने, श्रवण शक्ति र दृष्टिको समस्या आउन सक्ने भएकाले यी जटिलता कम गराउनका लागि मायाको अँगालोले सहयोग गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप