आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनउत्थान लघुवित्तले १५ प्रतिशत बोनस दिने

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ४२
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको चुक्ता पुँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यसको १५ प्रतिशतका दरले २ करोड २१ लाख ८५ हजार रुपैयाँ हुन आउँछ । यस्तै, कर प्रयोजनका लागि भनेर कम्पनीले ०.७८९५ प्रतिशत दिने भएको छ । यो भनेको ११ लाख ६७ हजार रुपैयाँ हुन आउँछ ।

कम्पनीको २००औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप