आप्रवासी नेपालीहरूको हकहितमा श्रम सचिवको जोड
मङ्गलबार, ०२ फागुन २०७९, १९ : ४७
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिएका छन् ।
दुबईमा चलिरहेको विश्व सरकार शिखर सम्मेलनमा बोल्दै उनले नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विषयमा गन्तव्य मुलुकका सरकारहरूको ध्यानाकर्षण गराएका हुन् ।
उनले श्रमिकहरूको व्यावसायिक तालिमका विषयमा आफ्नो धारण राखेका छन् ।
सो अवसरमा उनले श्रमिकहरूका समस्याका विषयमा साझा धारणा बनाउन बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरूसँग छलफल गरेका थिए । उक्त सम्मेलन ४ दिन सम्म चल्नेछ ।