सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
महाशिवरात्रिका लागि पशुपतिमा आउन थाले साधु सन्त (फोटोफिचर)

महाशिवरात्रिका लागि पशुपतिमा आउन थाले साधु सन्त (फोटोफिचर)

मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । महाशिवरात्रिका लागि आराध्यदेव पशुपतिनाथ मन्दिरमा साधु सन्तहरू आउने क्रम सुरू भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाटसमेत साधु सन्तहरु आउन थालेका हुन् ।

 शिवरात्रिका लागि पशुपति मन्दिरमा रंगरोगन र सरसफाइको काम पनि निरन्तर भइरहेको छ । पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान भइरहेको हो । 

 पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि आवश्यक सबै काम गर्न यसअघि मूल समारोह समिति गठन भएको थियो । जुन समितिले आफ्नो कामलाई गति दिइरहेको छ । 
यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया