आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोहितको ‘शीतल शीतल’मा मलिका

बुधबार, ०३ फागुन २०७९, ०९ : ००
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । दशकदेखि गीत लेखनमा सक्रिय रोहित घिमिरेको नयाँ गीत ‘शीतल शीतल’को भिडियो सार्वजनिक भएको छ । एक युगल जोडीको प्रेम र विरहको भावना समेटिएको गीत भ्यालेन्टाइन डे को अवसर पारेर सार्वजनिक गरिएको हो ।

यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटा दर्जनौँ  गीत दिएका घिमिरेको यो गीतमा सङ्गीत सिएल शर्माले दिएका छन् । गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको गीतको  एरेन्ज पुष्कर खत्रीले गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री मलिका महत र प्रिन्स चौहानको अभिनय छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुनर्जन्मको कथा बुनिएको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोका सम्पादक दिप्सन शाह हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप