आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको सम्पत्तिलाई वैधता नदेउ : कमल थापा

बुधबार, ०३ फागुन २०७९, १० : ०१
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संशोधन गरेर स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउनु भनेको भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजिएको बताएका हुन ।

‘देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त छ, यसैबिच स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उनले भनेको छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप