आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशलाई प्रतिगामी दिशामा जान दिँदैनौँ : अध्यक्ष नेपाल

बुधबार, ०३ फागुन २०७९, १० : १४
बुधबार, ०३ फागुन २०७९

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति चयन गर्दा देशलाई प्रतिगामी दिशामा जान नदिने बताएका छन् । नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट समेत सुरु भएको बताए । 

 

पोखरामा समाजवादी प्रेस सङ्गठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिलाई आफ्नो पार्टीले पनि सघाउने सङ्केत गरे । ‘देशलाई प्रतिगामी दिशामा दिँदैनौँ, राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ । हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन,’ नेपालले भने । 

 

नेपालले देश प्रतिगमनको दिशातर्फको यात्रामा लागेको पनि सङ्केत गरे । ‘सत्ता गठबन्धनको किचलो सुरु भइसकेको छ । हामी सबैले सङ्केत पाइसकेका छौँ । अब हामी सतर्क बन्नुपर्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप