आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रविना देशराजले गरिन् प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट

बुधबार, ०३ फागुन २०७९, १० : १५
बुधबार, ०३ फागुन २०७९

रविना देशराजले प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट गरेकी छिन् । भ्यालेन्टाइन्स डेको मौकामा रविनाका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले उनलाई प्रस्ताव राखे र उनले यसमा सहमति जनाइन् ।

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’

raveena4नयाँ सुरुवात भन्दै अभिनेत्री प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् ।

raveena1रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् ।

raveena

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप