आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार, ०३ फागुन २०७९, ११ : ३०
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार थप २ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको छ । 
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको स्थिरतालाई तोड्दै आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप