आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मस्कले च्यारिटीलाई दिए टेस्लाको २ अर्ब डलर बराबरको सेयर

बुधबार, ०३ फागुन २०७९, १४ : ४३
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । अर्बपति एलन मस्कले च्यारिटीलाई २ अर्ब डलर बराबरको टेस्लाको सेयर दिएका छन् । मस्कले च्यारिटीलाई १.९५ बिलियन अमेरिकी डलर बराबरको सेयर दान दिएका हुन् ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार मस्कले ११.६ कित्ता सेयर च्यारिटीलाई दान दिएका छन् । मस्कले यसअघि पनि च्यारिटीहरुलाई करोडौं डलर बराबरको सेयर दान दिँदै आएका थिए । यसअघि उनले ५.७ बिलियन डलरको सेयर २०२१ मा दान दिएका थिए ।

यद्यपि, उक्त रकम बराबरको सेयर पाउने च्यारिटीको नाम भने उल्लेख छैन । मस्कले सेयर दान दिने विषयमा अमेरिकी सेयर नियामक निकायले अगस्ट र सेप्टेम्बरमै जानकारी लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप