आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरिया जाने कामदारबाट चर्को हवाई भाडा लिएको विषयमा मन्त्री किरातीको ध्यानाकर्षण

बुधबार, ०३ फागुन २०७९, १५ : ४१
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । कोरिया जाने कामदारको चर्को हवाई भाडा लिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ध्यानाकर्षण भएको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले दक्षिण कोरिया जाने श्रमिकलाई १ लाख ६० हजार रुपैयाँ हवाई भाडा लिएपछि बुधबार मन्त्री किरातीलाई भेटेर ध्यानाकर्षण गराएका हुन ।

आफूलाई कोरिया जाने श्रमिकका विषयमा धेरै जानकारी नभएपनि यो ज्ञापनपत्रले ध्यानाकर्षण गराएको बताए । ‘मैले तपाईँको ज्ञापनपत्रलाई गम्भीर रुपमा लिएको छु । कोरिया जाने श्रमिक कुनै हालतमा ठगिनु हुन्न । आफ्नो तर्फबाट हरहालतमा सम्बोधन गर्न तयार छ’ किरातीले भने । 

कोरिया जान एकतर्फी रुपमा ७० हजारभन्दा बढी नलाग्ने भएपनि सिण्डिकेट लादेर एक लाख ६० हजार लिने गरेपछि मन्त्रीलाई सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको हो । 

कोरिया जाने श्रमिकहरू राहदानी बनाउँदा, कोरियान भाषा पास गर्न, मेडिकल जाँच र हवाई भाडामा समेत चर्को शुल्क तिर्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्री किरातीलाई ध्यानाकषर्ण गराउन पार्टी केन्द्रीय सदस्य एवम् प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, प्रवास समन्वय समितिका मनऋषि धिताल, इन्द्रमणि भट्टराई लगायत सहभागी भएका थिए ।

sssss

ss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप