वैशाखभित्र स्वास्थ्य बीमा आवधिक कार्य योजनाको मस्यौदा तयार गरिने
बुधबार, ०३ फागुन २०७९, १६ : ४२
काठमाडौँ । स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा आवधिक कार्य योजनाको मस्यौदा तयार गरेर अघि बढ्ने जनाएको छ । न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा माइलस्टोनका रूपमा २०८० वैशाखसभित्र स्वास्थ्य बिमा आवधिक कार्य योजनाको मस्यौदा तयार गरिने उल्लेख गरिएको छ ।
त्यसपछि २०८५ सम्ममा तर्जुमा गरेर लागु गर्ने कार्ययोजना मन्त्रालयको छ । स्वास्थ्य बीमा आवधिक कार्य योजना स्वास्थ्य बीमा बोर्डबाट मन्त्रालयमा पेश भएपछि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।