आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनमा एमालेसँग तालमेल मात्रै हो : उपेन्द्र यादव

बुधबार, ०३ फागुन २०७९, १९ : ५९
बुधबार, ०३ फागुन २०७९

बुटवल । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग केही सिटमा तालमेल मात्र भएको बताएका छन् । 

उनले एमालेसँग गठबन्धन नभई केही  सिटमा तालमेल भएको बताएका हुन् । पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको उनको भनाई छ । 

जसपा  जिल्ला समन्वय समिति रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले एमालेसँग गठबन्धन भएको भन्ने बुझाइ गलत भएको  जिकिर गर्दे पार्टीले गरेको निर्णय सही भएको दाबी गरे । उनले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने बताए । 

केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी भएपनि असंवैधानिक रूपमा दुई पटक संसद् विघटन गरिएपछि लोकतन्त्रको रक्षाका लागि त्यसको विरोध गरेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप