आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश स्थापना दिवसको अवसरमा गण्डकीमा सार्वजनिक बिदा

बुधबार, ०३ फागुन २०७९, २० : २०
बुधबार, ०३ फागुन २०७९

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको दिन चैत ४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन पनि समावेश गरिएको हो । 

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । 

प्रदेश स्थापनाको दिन प्रदेश सरकारले पूर्वमुख्यमन्त्री, मन्त्रीहरुलाई पनि बोलाएको छ । 

बुधबार साँझनै प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयलाई सजायको छ । प्रदेश सरकारले संघ सरकारले दिएका बिदा बाहेक ६ दिनभन्दा बढी बिदा दिन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप