आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारत–नेपाल मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

बुधबार, ०३ फागुन २०७९, २० : ५३
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफ सकिँदा गोलरहित बराबरी खेलेको छ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरी खेलेका हुन् । 

आजको खेलमा नेपाली टोली सहज जित निकाल्ने अपेक्षामा हुनेछ । साफ महिला च्याम्पियनसिप पछि नेपालले पहिलो पटक भारतसँग खेल्न लागेको हो । 

साफमा नेपालले दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई १–० ले हराएको थियो ।

यता भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप