पोखरा चाउथेमा एक फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति
बिहीबार, ०४ फागुन २०७९, ०८ : ३७
पोखरा । पोखरा १४ चाउथेमा रहेको पाल्पाली फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ ।
आगलागीबाट फर्निचर उद्योगमा ३ करोड क्षति भएको छ । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।