आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद भण्डारीकाे स्वास्थ्य अवस्था बुझ्न देउवा कीर्तिपुर अस्पतालमा

बिहीबार, ०४ फागुन २०७९, १० : ५७
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा  बिहीबार बिहान अस्पताल पुगेका हुन् । 

गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेको छ । देउवाअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, नेता शेखर कोइराला, केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतका नेताहरू अस्पताल पुगेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा भने बुधबार राति नै अस्पताल पुगेका थिए। यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप