आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती सभ्यता जोगाउने कार्यमा नयाँ आयाम थपियो  : उपप्रधानमन्त्री लिङ्देन

बिहीबार, ०४ फागुन २०७९, १८ : २३
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले बागमती सभ्यता जोगाउने कार्यमा नयाँ आयाम थपिएको बताएका छन् । 

धाप ड्यामको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री लिङ्देनले बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरे ।

उनले धाप ड्याम जस्तै अर्को बागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिँदै आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुने बताए । 

जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरू पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा बहुआयामिक महत्त्वको कार्य प्रारम्भ गरिनु सुखद भएको बताए ।

यस्तै, सहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए ।  परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्याउनुनपर्ने उनको जोड थियो । धाप ड्यामको निर्माणबाट राजधानीबाट नजिकै नयाँ पर्यटकीय गन्तव्य थपिएको मन्त्री पाण्डेले उल्लेख गरे ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा  धाप ड्यामको निर्माण भएको  हो । 

सुख्खा यामको समयमा समेत बागमतीमा जल प्रवाह वृद्धि गराउने उद्देश्यले काठमाडौँको सुन्दरीजलबाट १८ किमी टाढा चौबिस उचाइमा एकसय पचहत्तर मि लम्बाई रहेको उक्त ड्याम सुख्खा र मुख्य चाडपर्वको समयमा चार सय प्रति सेकेण्ड पानी प्रवाह गर्न सक्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप