आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री पन्थीले गरे बुद्धस्थलको अवलोकन

बिहीबार, ०४ फागुन २०७९, १९ : ४२
बिहीबार, ०४ फागुन २०७९

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेका छन् । उनीहरुले बिहीबार कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगर हवाको अवलोकन गरेका हुन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रीसहितको टोलीले बुद्धस्थलको अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए । त्यस क्रममा मन्त्री पन्थीले बुद्धस्थलको संरक्षणसँगै प्रवर्द्धन गर्ने गरी अन्य विकासका योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप