आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्चरी भेट्रान्समा जयप्रकाश प्रथम

शुक्रबार, ०५ फागुन २०७९, २० : ५५
शुक्रबार, ०५ फागुन २०७९

पोखरा । गण्डकी प्रदेश स्तरीय दोस्रो खुला आर्चरी प्रतियोगिता २०७९ शुक्रबारदेखि पोखरामा सुरु भएको छ । शुक्रबार भएको भेट्रान्स विधाको खेलमा म्याग्दीका जयप्रकाश छन्त्याल प्रथम भएका छन् । 

८ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । प्रतियोगितामा कास्कीका हिरामान लालचन दोस्रो र म्याग्दीकै भीमेन्द्रमान पुन तेस्रो भएका छन् । उक्त प्रतियोगितामा भेट्रान्सतर्फ ८७ वर्षका मीनबहादुर शेरचन र ६९ वर्षका हरिध्वज तुलाचनसमेत सहभागी भएको अध्यक्ष शेरचनले जनाए । 

शुक्रबार भएको रिकर्ब खुला पुरुष प्रतिष्प्रर्धामा कास्कीका सुमन गुरुङ ५ सय ९५ अंक बटुल्दै अग्र स्थानमा रहे । कास्कीकै अशिम शेरचनले ५ सय ८८ अंक ल्याउँदै दोस्रो स्थानमा रहे भने कास्कीकै दुर्गा घर्तिमगर ५ सय ५७ अंकसहित तेस्रो स्थानमा छन् । पुरुष स्टान्डर्ड तर्फको विधामा बागलुङका हिकमत पुरी अग्रस्थानमा छन् भने कास्कीका ३ सय २७ अंकसहित रबिन थापा र कास्कीकै प्रदीप पुर्जा ३ सय २७ अंकसहित दोस्रो स्थानमा छन् ।

रिकर्ब खुला महिलातर्फको प्रतिस्प्रर्धामा पहिलो दिनको खेलमा कास्कीका खेलाडीहरु अग्रस्थानमा छन् । कास्कीका केशरी आले मगर र कास्कीकै विष्णुमाया लिम्बुले समान ५ सय ८८ अंक पाएका छन् । कास्कीकै अनुस्का शेरचनले ५ सय ७२ अंक पाएका छन् । शनिबारसम्म पोखरा रगंशालाको आर्चरी खेल मैदानमा चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप