आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय मामिला मन्त्रालयले फेरि गर्‍यो २१ कर्मचारीको सरुवा

कर्मचारी खटाएको ठाउँमा जानुपर्छ : मन्त्री मोदी
शनिबार, ०६ फागुन २०७९, २२ : २०
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना विभिन्न ओहदाका कर्मचारीको सरुवा गरेको छ ।  सरुवा सूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका उपसचिव तेजनारायण यादवलाई थारु आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विक्रमप्रसाद पाण्डेलाई डोल्पास्थित ठूलीभेरी नगरपालिका, प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विनोदकुमार दाहाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कृष्ण थापालाई मुसिकोट नगरपालिका रुकुम पश्चिम सरुवा गरिएको छ । 

त्यस्तै राष्ट्रिय महिला आयोगका ओमकार शाहलाई गुलरिया नगरपालिका बर्दिया, मधेश प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका पर्सा, महाराजगन्ज नगरपालिका कपिलवस्तुका उपसचिव रेश्मीराज अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी, वृन्दावन नगरपालिका रौतहटका उपसचिव खिमबहादुर भुजेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काज फिर्ता गरिएको छ । 

मन्त्रालयका अनुसार जल तथा ऊर्जा आयोगका सिडिई पवन चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, युवा तथा खेलकुद मन्त्रालयका डा. कृष्णबहादुर घिमिरेलाई काठमाडौंस्थित तारकेश्वर नगरपालिका, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुलाई सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका, गृह मन्त्रालयका शाखा अधिकृत राजन कँडेललाई पुथा उत्तर गङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सुर्खेतस्थित सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालाई राप्ती सोनारी गाउँपालिका बाँकेको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । 

aman lal modi

त्यसैगरी लुम्बिनीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत विपिन क्षेत्रीलाई रुपन्देहीस्थित ओमसतिया गाउँपालिका, उक्त गाउँपालिकाका शाखा अधिकृत सागर गौतमलाई लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दिनेश सिंह ठाकुरलाई धनुषास्थित हंसपुर नगरपालिकोे प्रमुख प्रशासकीय अधिकृत, गृह मन्त्रालयका मनिष झालाई रौतहटस्थित माधवनारायण गाउँपालिकाकोे प्रमुख प्रशासकीय अधिकृत, कैलालीस्थित लम्की चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाई चुरे गाउँपालिका कैलालीमा पठाइएको छ । 

सरुवा सूचीअनुसार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शाखा अधिकृत कोविद ढकाललाई ताप्लेजुङस्थित सिदिङ्वा गाउँपालिकामा  प्रमुख प्रशासकीय अधिकृत र लगानी बोर्डको कार्यालयका पुण्य प्रसाद भट्टराईलाई बागमती प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शुक्रबार २१ जना विभिन्न दर्जाका कर्मचारीको सरुवा गरेको पुष्टी गरे । उनले रातोपाटीसँग भने, ‘कर्मचारीले ठाउँ ओगटेर बस्ने होइन काम गर्ने हो । काम गर्न अफ्ठयारो भए गुनासो गर्न पाइन्छ । खटाएको ठाउँमा जानुपर्छ ।’ उनले मन्त्रालयले सरुवा मापदण्ड बनाउन लागेको र आगामी दिनमा सरुवा प्रणालीलाई थप व्यवस्थित बनाउने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप