विश्व बैंक भन्छ– दक्षिण एसियाका पछिल्लो पुस्ताहरुसम्म कोभिड प्रभाव रहन सक्छ
काठमाडौँ । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार कोभिड– १९ महामारीको प्रभाव पछिल्लो पुस्तासम्म रहन सक्ने देखिएको छ । विश्व बैंकको विश्लेषणअनुसार दक्षिण एसियाका २५ वर्षमुनीका युवाहरु कोभिडका कारण धेरै प्रभावित बनेका छन् । र उनीहरुको पछिल्लो पुस्तासम्म कोरोनाको प्रभाव रहिरहन्छ ।
प्रतिवेदनमा भनिएको छ, ‘मानिसहरुले आफ्नो जिवनमा जम्मा गर्ने ज्ञान, सिप र स्वास्थ बालबालिकाको क्षमतालाई अभिवृद्धि गर्ने समय हो । तर, महामारीका कारण धेरै देशहरुमा विद्यालयहरु बन्द भए ।’ यहीकारण, विद्यालय, स्वास्थ्य सेवा र रोजगारीका श्रृङ्खला बन्द भए ।
महामारीले ५ वर्षमुनिका बालबालिकालाई विद्यालयस्तरबाटै प्रभावित पारेको छ भने यस्तै, १४ वर्ष मुनिका बालबालिकालाई समेत विद्यालयको पठनपाठनमै प्रभावित पार्यो । यस्तै, १५–२४ वर्षका युवालाई भने रोजगारीदेखि पठनपाठनमा पारेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।