आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालबाट ३० करोडको यार्सागुम्बा निर्यात

शनिबार, ०६ फागुन २०७९, १३ : ०१
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालबाट ३० करोडको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा ३० करोड ३७ लाख ४२ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा नेपालबाट ४९६ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । विश्वका १२ वटा मुलुकले नेपालबाट  यार्सागुम्बा किन्दै आइरहेका छन् । तीमध्ये सबैभन्दा धेरै हङकहङ र कम्बोडियाले किन्ने गरेका छन् ।

यस अवधिमा हङकङमा १३ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ४ करोड १६ लाख, अमेरिकामा ५१ लाख, बेलायतमा २० लाखको निर्यात भएको छ । यस्तै, सिंगापुरमा १ करोडको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ । मलेसियाले ३४ लाखको यार्सागुम्बा किन्दा इटाली, चीन, कोरिया, फ्रान्स र जर्मनीले समेत नेपालबाट यार्सागुम्बा किन्दै आएका छन् । गत आर्थिक वर्ष नेपालबाट २२ करोड ५७ लाख रुपैयाँको ३७१ किलो यार्सागुम्बा निर्यात भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप