बार्सासँग दुरी घटाउँदै रियल
आइतबार, ०७ फागुन २०७९, ०७ : ३६
मड्रिड । ओसासुनालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी ५ अंकमा घटाएको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी भएको हो ।
घाइते करिम बेन्जेमा बिना मैदानमा उत्रेको रियललाई ओसासुनाले निरन्तर दबाबमा राखेको थियो । तर, दोस्रो हाफमा फेडेरिको भालभर्डे र मार्को असेन्सियोले गोल गर्दै टोलीलाई जीत दिलाए ।
खेलको ७८ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा भालभर्डेले गोल गरे भने इन्जुरी समयमा अल्भारो रोड्रिग्वेजले असेन्सियोका लागि गोलको अवसर सिर्जना गरे ।
२२ खेलबाट ५१ अंक बटुल्दै रियल ला लिगाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको बार्साको २१ खेलबाट ५६ अंक रहेको छ ।