आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सारे सोच्न सकिन्छ : खनाल

आइतबार, ०७ फागुन २०७९, १३ : ५९
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सोच्न सकिने बताए । कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएकाले अब राष्ट्रपतिका विषयमा गम्भीर छलफल हुने बताए । 

आफू भारत भ्रमणमा निस्किएपछि राष्ट्रपतिका विषयमा अनेक टिप्पणी भएकोमा खनालले खण्डन गरे । भारतमा हुँदा राष्ट्रपतिका विषयमा कुनै चर्चा समेत नभएको उनले बताए । ‘कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएँ । भारतीय कम्युनिस्ट नेताहरूको भेटघाट र छलफल भयो’ खनालले भने, ‘म नेपाल फर्किसकेको छु । अहिलेसम्म राष्ट्रपतिका विषयमा कुनै केही भएको होइन । मान्छेहरूले अनेक तरिकाले चर्चा गरी रहेका छन् । राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सारेमा सोच्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप