तनहुँको कृषि फर्ममा आगलागी
आइतबार, ०७ फागुन २०७९, १२ : ०८
तनहुँ । तनहुँ देवघाट गाउँपालिका वडा नं। ५ कालीमाटी स्थित एक कृषि फर्ममा आइतबार बिहान आगलागी भएको छ । भट्टराई कृषि बाख्रा फर्ममा रातको समयमा आगलागी हुँदा गोठमा रहेका बाख्रा, भैसीपाडा, गाईवस्तुहरु मध्ये गर्भिणी अवस्थाका ४ ओटा बाख्राहरू जलेर मृत्यु भएको छ ।
गर्भिणी अवस्थाका १८ वटा बाख्राहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उक्त आगो तत्काल प्रहरी तथा स्थानीय मानिसहरूको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।