आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छलिका कपडासहित पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा

आइतबार, ०७ फागुन २०७९, १३ : ३२
आइतबार, ०७ फागुन २०७९

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलेर ल्याएका कपडासहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार १४ लाख ८० हजार भन्दा बढी मूल्य बराबरको कपडासहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको हो । 

जिल्लाको कमल गाउँपालिका ३ केर्खास्थित पूर्व पश्चिम राजमार्गमा मे १ ज २८०४ नम्बरको पिकअप भ्यान र त्यसका चालक जनक कर्मकारलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ  ।

नियन्त्रणमा लिइएको भ्यान, चालक र कपडा आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप