आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले संघीयताको मर्मअनुरूप आमसञ्चार सम्बन्धी कानुन परिमार्जन गर्दै

आइतबार, ०७ फागुन २०७९, १४ : ४८
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभूति हुने गरी कानुन परिमार्जन गर्न लागेको बताएका छन् ।

आइतबार राष्ट्रिय समाचार समितिको ६२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरूसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्म नै अनुभूति हुने गरी  कानुनहरूमा संशोधन गरी नयाँ कानुन बनाउने तयारी गरेको बताएकी हुन् । उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन,कानुनहरूलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानुन बनाएर सञ्चार क्षेत्रका समसामयिक सुधार गर्ने बताइन् । मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरूका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने औँल्याइन् । 

उनले भनिन्,‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरूसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनामा अनुरूप स्थानीय तहसम्म नै अनुभूति हुने गरी कानुनहरूमा संशोधन परिमार्जन एवम् नयाँ कानुन बनाई समसामयिक सुधार गर्न लागिपरेको छ । नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षहरूको सकारात्मक सहयोग गर्न आह्वान गर्न चाहन्छु । राष्ट्रिय समाचार समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गरी समयअनकुल बनाई अझ विश्वानिय,सशक्त र प्रभावकारी समाचार स्रोतको रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता छ । सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार सङ्कलन कार्यलाई प्राथमिकता दिई सोही अनुसार स्थानीय संवादाताहरुले व्यवस्थित रूपमा समाचार सङ्कलन गरी सेवाग्राही वृद्धि गर्न सक्नुपर्छ । संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्ने आर्थिक रूपमा मितव्यी बन्ने र भौतिक सम्पतीको संरक्षण संवद्र्धनलाई प्राथमिकता दिँदै आम्दानीका अन्य स्रोतहरु समेत पहिलाएर आफूलाई आत्मनिर्भर बनाउनुपर्छ ।’

उनले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार सङ्कलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप