आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

आइतबार, ०७ फागुन २०७९, १६ : ५३
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार ललितपुर, रौतहट, इलाम लगायतका जिल्लामा  ४ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार आइतबार ललितपुरमा इँट्टाभट्टामा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पा रुम्दीगाढी गाउँपालिका ६ घर भएका धनबहादुर ओली रहेका छन् । उनी कोठामा सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ ।

त्यस्तै रौतहटमा पनि एक महिला मृत फेला परेकी छन् ।  जिल्लाको चन्द्रपुर नगरपालिका ४ हातेमालो सामुदायिक जंगलमा सोही नगरपालिका ८ बस्ने २५ वर्षीया सीतादेव चौधरी मृत फेला परेकी हुन् । उता, इलाममा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको देउमाई नगरपालिका ७ नामथलाका ४६ वर्षीय पूर्णबहादुर तामाङ मृत फेला परेका हुन् ।

त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय उत्तरबारी टोल बस्ने ३८ वर्षीय मतेश्वर साह पनि मृत फेला परेका छन् । स्थानीय हनुमान मन्दिरको सार्वजििनक ढलानमा उनी मृत फेला परेको प्रहरीको भनाई छ । मृत फेला परेका सबै घटनाका बारेमा प्रहरीले थप अनुसन्धानलाई अगाडि बढाएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप