आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एउटा गल्तीले ५५ लाखको कलाकृति चकनाचुर

सोमबार, ०८ फागुन २०७९, १२ : ०३
सोमबार, ०८ फागुन २०७९

मियामी । "कृपया यो कलाकृतिलाई नछुनुहोस्।" प्रायः जब तपाईं कुनै पनि ग्यालरी वा प्रदर्शनीमा जानुभएको छ, तपाईंले यो कलाको नजिकै लेखिएको देख्नु भएको छ। यो लिखित भनाइलाई स्वीकार गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने एउटा भर्खरैको एक घटनाले पुष्टि गरेको छ। 

मियामीमा एक कला कलेक्टरले गल्तीले एउटा कलाकृति फुटाएका छन् ।अमेरिकी पप कलाकार जेफ कोन्सले बनाएकोयो कलाकृतिको मूल्य ४२ हजार डलर अर्थात् करिब ५५ लाख रुपैयाँ थियो । कलाकृति वास्तवमा एक मूर्ति थियो, जसको आकार कुकुरको थियो।

ग्यालरीमा भिआइपी व्यक्तिहरू मात्र प्रवेश गर्दा यो घटना भएको हो। घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीले महिलाले आफ्नो औँलाले कलाकृति छोएको बताएका छन् । यस सम्पूर्ण घटनामा राम्रो कुरा भनेको यो कलाकृतिको बीमा थियो। यस्तो अवस्थामा मौद्रिक क्षति पूर्ति हुने भएको छ... तर कलाकृति भने नष्ट भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप